Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगर प्रमुख शाक्यबाट ५१ औँ रक्तदान, स्वास्थ्य मापदण्ड पालना गरेर रगतदान गर्न अपील 


    शनिबार, साउन ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ ।  प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो ।

    ‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही वडाका स्थानीय वासिन्दा समेत रहनुभएका शाक्यले भन्नुभयो, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो । क्लवले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’ 

    कोभिडका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरुलाई पनि सुझाव दिनुभयो ।  ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिइ अरुको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भन्नुभयो । 

    रक्तदान कार्यक्रममा केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेको डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गर्नुभयो । उहाँले भगिनी सम्वन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुशी लागेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार