काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न व्यक्ति र बैंकबाट गरेर करिब २ करोड रुपैयाँ ठगी गरेर पोर्चुगल पुगेका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा काठमाडौं ल्याइएको छ।
काभ्रे भुम्लुका केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा पोर्चुगलबाट शनिबार काठमाडौं ल्याइएको प्रहरी प्रवक्ता, एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनले तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंक र विभिन्न व्यक्तिबाट गरी करिब २ करोड ठगी गरेको एसएसपी कुँवरले बताए।
कुँवरका अनुसार ढुंगानाविरुद्ध सीआईबीले लामो समयदेखि अनुसन्धान गरेको थियो । सीआईबीकै पहलमा इन्टरपोलमार्फत् उनलाई काठमाडौं ल्याइएको हो।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।