Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिबियाबाट ८४ नाजेरियाली कैदीलाई मुक्त


    शनिबार, साउन ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ । 

    न्याय मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरुका बच्चासहित रिहा गरिएको हो । रिहा भएका ती कैदीलाई उनीहरुकै देश नाइजेरिया फिर्ता पठाएको अधिकारीले जनाएका छन् । 

    अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सबै कानूनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरुलाई देश निकाला गरेको जनाइएको छ ।  

    अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सवैलाई उनीहरुकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरुलाई आफ्नै देश फिर्ता पठाइएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार