Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्‍यु


    शनिबार, साउन ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्‍यु भएको छ। 

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उनका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

    स्याल मार्न बाबुले चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

    कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा  अकस्मात सँगै रहेका आफ्नै छोरा धनबहादुरलाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले  कर्णबहादुरलाई बन्दुकसहित पक्राउ गरी अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार