Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्क मुलुकमध्ये नेपालमा उच्च संक्रमण


    शनिबार, साउन ३० २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। सीमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन ।

    कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।

    चार दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।

    चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

    अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो । आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार