काठमाडौं । प्रहरी बृत्त जनसेवा न्यूरोडबाट थुनुवा फरार भएका छन् । जनसेवा बृृत्तले चोरीमा पक्राउ गरेका निर्मल परियार फरार भएका हुन् । बिहीबार दिउँसो पीसीआर परीक्षण गरी बृत्तमा ल्याउने क्रममा गाडीबाट हाम्फालेर उनी फरार भएका हुन् । परियारका बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । मुद्दा दर्ता भएर म्यादथप गरी थुनामा राखिएका उनी फरार भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले पीसीआर परीक्षण गरेर ल्याउने क्रममा चोरी केसमा पक्राउ परेका परियार गाडीबाट हाम्फालेर भागेको बताए । एसएसपी सिंहका अनुसार पीसीआर परीक्षण गरी ल्याउने क्रममा लापरबाहीले थुनुवा भागेको देखिन्छ । लापरबाही गर्नेमाथि कारबाही हुन्छ ।
जनसेवा बृत्तका इन्चार्ज डीएसपी दिलबहादुर मल्ल छन् ।