Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • मौद्रिक नीति : कोरोनाकाे प्रभाव पुनरुत्थानदेखि वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहनसम्म [पूर्णपाठ]


    शुक्रबार, साउन २९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार अपराह्न सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनालक्षित पुनरुत्थान प्याकेजका साथै अन्य विभिन्न विषयवस्तुहरू समेटिएका छन् ।

    राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिने भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जाँदा विशेष सुविधाहरू उपलब्ध हुने भएका छन् ।

    मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।

    साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार