Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक हुन अघि नै मौद्रिक नीति ‘लिक’ भएपछि……


    शुक्रबार, साउन २९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मौद्रिक नीति सार्वजनिक हुन अघि नै सञ्चारमाध्यममा ‘लिक’ भएकाे छ ।

    अर्थमन्त्रालय स्रोतका अनुसार  सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी मागेका छन् ।

    जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएका स्राेतले जानकारी दिएकाे छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि सोधपुछ गरेका छन् । 

    राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।

    यता, राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले भने मौद्रिक नीति लिक नभएको दाबी गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार