Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २० लाखको चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार रहेकी महिला पक्राउ


    शुक्रबार, साउन २९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गी हुन् । 

    उनलाई उच्च अदालत पाटनले २०७६ जेठ २१ गते चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद र २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    पक्राउ परेकी खड्गीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार