Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?


    शुक्रबार, साउन २९ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । 

    राष्ट्र बैंक स्राेतका अनुसार बिहान बसेको सञ्चालक समितिको बैठकले आज  दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेकाे छ ।

    अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो । 

    यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर असार अन्तिममा सरकार परिवर्तन भएसँगै मौद्रिक नीति सार्वजनिक  कहिले गर्ने भन्नेबारे अन्यौल सिर्जना भएको थियो । 

    पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न नसकेको भन्दै आलोचना समेत भएको थियो । पछि अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा मन्त्रालयले मौद्रिक नीति नरोकेको भन्दै यो सार्वजनिक गर्न राष्ट्र बैंक स्वतन्त्र रहेको बताएका थिए । 

    यस पटकको मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि विषेश क्षेत्रलाई केही सहुलियत दिने बताइएको छ । 

    यस्तै बैंकहरूको बीग मर्जरका लाग प्रोत्साहन नीति समेत मौद्रिक नीतिमा आउने बताइएको छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार