Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने


    शुक्रबार, साउन २९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

    यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ ।

    बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

    यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार