Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल


    शुक्रबार, साउन २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ।

    सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए।

    यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ।

    चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ। आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन्।

    बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ, ‘जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्‍याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको सजाय तोकेको छ।

    विज्ञप्तिमा स्पाभोरलाई कहिले देशनिकाला गरिन्छ भनेर तोकिएको छैन। सामान्य रूपमा चीनले विदेशीलाई जेल सजाय पूरा गरेपछि मात्रै देशनिकाला गर्छ।

    चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले बुधवार फैसलाको ‘भर्त्सना’ गरेका छन्। ‘पुनरावेदनमा जाने मौका छ,” उनले अदालतबाहिर भनेको एएफपीले बताएको बीबीसीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार