Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानले हिंसा अन्त्य गर्न तालिबानलाई शक्ति साझेदारीको प्रस्ताव गर्यो, के भन्छन् लडाकू ?


    शुक्रबार, साउन २९ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन्।

    कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिबान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो।

    सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ। यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ।”

    यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन्। घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ।

    योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म यहाँका ३४ प्रान्तमध्ये १० प्रान्तका राजधानीमा कब्जा गरेको दाबी गरेका छन् तर सरकारले अफगानिस्तानको सेना अहिले पनि तालिवानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ।

    तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार