Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण : आईजीपी क्षेत्री


    शुक्रबार, साउन २९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धरान।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

    सुनसरी सदरमुकाम इनरुवामा बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै आईजीपी थापाले भने, ‘नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ’ । 

    सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने आईजीपी क्षेत्रीको भनाइ छ ।  नौ करोड ३६ लाख ६७ हजार १२० मा कार्यालयसहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्षलगायत संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए । 

    कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पुर्याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार