Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नक्कली पेस्तोल देखाएर कुटपिट गरी लाखौं लुट्ने दुईजना पक्राउ


    बिहिबार, साउन २८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । नौ लाख ८९ हजार लुटपाटको आरोपमा चौताराको चाँगुटोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

     पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठ छन् ।

    तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नक्कली पेस्तोल देखाइ कुटपिट गरेर नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरिएकाे हाे ।

    घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको छ ।

    यस्तै, पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको र अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको स्नेतले बताएकाे छ  ।

     

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार