Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाबहिलमा श्रीमानद्वारा ६ महिनाकी गभर्वती श्रीमतीको घाँटी थिचेर हत्या


    बिहिबार, साउन २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले ६ महिनाकी गभर्वती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

    महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका हुन् ।

    हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । 

    श्रेष्ठको फोनपश्चात प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो । 

    श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले बताए

     घटनाकाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार