काठमाडाैं । उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कलंकीस्थित स्युचाटारबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका २६ वर्षीय केशवराज भट्ट उर्फ कुशल छन् ।
निजामती कर्मचारीको पोशाक दुरुपयोग गरि भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
२०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए । समाजिक सञ्जालमार्फत चिनजान गरेर विश्वासमा पारेर उनले ठग्ने गरेको महाशाखाले जनाएको छ ।