Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान भन्छन्: प्राधिकरणमा दोस्रो कार्यकाल मेरो जीवनको सबैभन्दा ठूलो चुनौती हो


    बुधबार, साउन २७ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती भएकाे बताएका छन् ।

    प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि स्वागत कार्यक्रममा बोल्दै घिसिङले आफूलाई दोस्रो कार्यकालमा आउनुपर्छ भन्ने नभएपनि जनअपेक्षाअनुसार आफू पुनः आएको भन्दै याे जिम्मेवारी इमानदारीताका साथ निभाउने बताए ।

    उनले भने,‘विद्युत प्राधिकरणमा मेरो दोस्रो कार्यकाल सुरु भएको छ । मेरा लागि यो जीवनकै ठूलो चुनौती हो । यो ठूलो चुनौतीलाई स्वीकार गरेर आएको छु ।’

    ‘सरकारले मलाई एकचोटी आएर काम गर्नु भन्यो । प्राधिकरणको आवश्यकता र जनअपेक्षा अनुसार म फेरि आएको छु । यो भन्दा ठूलो चुनौती मेरो जीवनमा छैन । यो मैले एक्लैले गर्न सक्ने होइन । हामी सबैले मिलेर जोस् जाँगरका साथ काम गर्ने हो,’ उनले भने।

    सबै मिलेर काम गर्दा प्राधिकरण आजको अवस्थामा पुगेको भन्दै उनले मिलेर प्राधिकरणको शीर उँचो बनाउनु पर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार