काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन् । उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।
पत्रमा उनले नियुक्ति लिएको दिनदेखि नै आफुले इमान्दारितापूर्वक काम गरेको र नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।
उनले पत्रमा लेखेका छन् – ‘मैले रेल्वे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ती लिएको दिनदेखि इमान्दारितापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्रायः अवस्थमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालन गर्न तयारी अवस्थमा पुर्याएको छु ।’