Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानले गरे पदबहाली, प्राधिकरणमा भव्य स्वागत


    बुधबार, साउन २७ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । 

    २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज पुनः प्राधिकरणमै नियुक्त भएका हुन् ।

    बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् ।

    नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान सफल घिसिङलाई ओली सरकारले पुनर्नियुक्त मानेका थिएनन् तर, नेपाली कांग्रेसकाे सरकार बनेलगत्तै उनकाे पुनर्नियुक्ति भएकाे छ ।

    घिसिङले आफ्नाे  कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको भन्दै घिसिङलाई सरकारले फेरि मौका दिएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार