Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमान घिसिङले लिए ४ वर्षको नियुक्ति


    बुधबार, साउन २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

    २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज पुनः प्राधिकरणमै नियुक्त भएका हुन् ।

    उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर ४ वर्षे नियुक्तिपत्र लिएका छन् । 

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

    नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान सफल घिसिङलाई ओली सरकारले पुनर्नियुक्त मानेका थिएनन् तर, नेपाली कांग्रेसकाे सरकार बनेलगत्तै उनकाे पुनर्नियुक्ति भएकाे छ । ।

    घिसिङले आफ्नाे  कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको भन्दै घिसिङलाई सरकारले फेरि मौका दिएकाे हाे ।

    यस्तै, मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका  लागि नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार