Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मानुषी लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला


    बुधबार, साउन २७ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ)  आजदेखि आवेदन खुला भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि आज बुधवारदेखि खुला गरिएको हो । मानुषी लघुवित्तको आईपीओमा  साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

    लघुवित्तको शेयरमध्ये  ०।५ प्रतिशत अर्थात् ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।

    मानुषी लघुवित्तको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार