Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


    बुधबार, साउन २७ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार तोलामा २ हजार रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो । 

    मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८८ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर तोलाको १ हजार १ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार