Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेर्नुहोस् आज साउन २७ गते बुधवारको राशिफल


    बुधबार, साउन २७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

    मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

    वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

    आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार