काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयुक्त बैठक बस्दै छ ।
बैठकले उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा थप कडाई गर्ने तयारी गरेकाे छ ।
बुधबार राति नै जारी निषेधाज्ञा सकिने भएकोले यसबारे छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्ने बताइएको छ ।
उपत्यकामा संक्रमण बढेकाले कडाइ गर्ने तयारी गरिएको छ । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता खुकुलो बनाइए पनि संक्रमण फेरि बढ्न थालेको छ ।