Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खगेन्द्र संग्रौलाको प्रश्न- धरहरा र रानीपोखरी ओलीले आफ्नै सम्पती खर्चेर बनाएका हुन् ?


    मंगलबार, साउन २६ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले रानीपोखरी र धरहरा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै खर्चमा बनाएको जस्तो गरी प्रचार गरेको भन्दै कडा आलोचना गरेका छन्। 

    पूर्वप्रधानमन्त्री ओलीले सोमबार एमालेको ११ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारले आफ्नो कार्यकालमा भएका राम्रो कामको पनि जस नदिएको भन्दै गुनासो गरेका थिए । ओलीले भनेका थिए, ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने चिजहरु ।’

    ओलीको उक्त अभिव्यक्तिप्रति नागरिक आन्दोलनका अगुवा समेत रहेका संग्रौलाले प्रश्न उठाउदै ओलीले रानीपोखरी र धरहरा आफ्नै खर्चमा बनाएका हुन ? भन्दै प्रश्न गरेका छन्। 

    संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘धरहरा र रानीपोखरी खड्गप्रसाद शर्मा ओलीले आफै नक्सा कोरेर, आफ्नै निजी सम्पती खर्चेर, आफै सिमेन्ट, गिट्टी र छड बोकेर, आफ्नै हातले बनाएका हुन् कि कसो ?’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘नत्र यी दुई चीज ओलीकै पौरख र निजकै गौरव हुन् झै गरी स्वयं ओली र उनका बाहुबली गणले किन यति साह्रो कर्कश बकबक गरेका ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार