Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपरासीमा मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु


    मंगलबार, साउन २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपुर । मोटरसाइलकको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को ज्यान गएको  छ।

    ज्यान गुमाउनेमा तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय इन्स्पेक्टर कपिल वाग्ले रहेका छन् ।  वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

    उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए। बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो।

    ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डीएसपी राजु लामाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार