Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तत: एमाले फुट्यो ! ओलीको भण्डाफोर गर्ने नेपाल पक्षको तयारी


    मंगलबार, साउन २६ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्।  

    ‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर देउवा) सँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउनुभयो । साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ, म भन्न पनि चाहन्नँ, धेरै साथीहरूले कुरा बुझिसके, बिस्तारै सबै फर्कन्छन्। छिटोछिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्छु। पार्टीको काम रोक्ने, गुट र समानान्तर गतिविधि भइरहने अवस्थाको अन्त्य हुनेछ,’ बैठकमा ओलीले भने।

    ओलीको यस भनाइबाट उनी विवाद मिलाएर माधव नेपाल पक्षसँग एकता गर्न उदासीन देखिएको संकेत मिल्ने उनकै पक्षधर एक नेताले बताए । ‘आन्तरिक विवाद निरूपण नगरी अध्यक्ष ओली अघि बढेका छन्। पार्टीभित्रको फरक मतलाई उनले सम्मान गर्न सकेको देखिएन’, ती नेताले भने, ‘अब पार्टीका लागि जटिल समय आएको छ। दुई नेताको लडाइँले सिंगो पार्टीलाई विभाजनतर्फ धकेल्यो।’

    सोमबारको केन्द्रीय कमिटी बैठकमा ओली केही नरम देखिए पनि पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढ्दा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ। ओलीले एमालेबाट निकाल्ने कोसिस गरेमा पार्टी विभाजन गर्ने, नभए समानान्तर कमिटी बनाएर ओलीको भण्डाफोर गर्ने नेपाल पक्षको तयारी छ। आफूहरूको आग्रह नमानी पार्टी कमिटीका बैठकहरू सुरु भएपछि अध्यक्ष नै विवाद मिलाउन तत्पर नदेखिएको नेपाल पक्षको बुझाइ छ। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार