Nepal Face
  • शनिबार, १७ असोज २०८३
  • कांग्रेसको महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुदैँ, दर्ता प्रक्रिया सुरु


    शनिबार, असोज १७ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आइतबारबाट काठमाडौंको खुलाञ्चमा सुरु हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन्।

    खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले देशभरका ७७ जिल्ला र प्रवासबाट समेत गरेर ७ हजार ५ सय बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएका हुन्। यो संख्या कांग्रेस महाधिवेशनको इतिहासमा अहिलेसम्मकै बढी उनको भनाइ छ।

    महाधिवेशनमा सहभागी प्रतिनिधिको शनिबार दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ।

    नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५औँ महाधिवेशनको झोला पाउनेछन्। झोलामा पार्टीको विधान, कपी, कलमलगायतका सामग्री राखिएको छ।

    महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौँको खुलामञ्चमा हुनेछ। अजोस १९ र २० गते बन्द सत्र हुनेछ भने असोज २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार