Nepal Face
  • शुक्रबार, १६ असोज २०८३
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित


    शुक्रबार, असोज १६ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ।

    शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको विधेयक सर्वसम्मत पारित गरेको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।

    प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै लामो समयदेखि संसदीय प्रक्रियामा रहेको विधेयकमा दुवै सदनबीच एकरूपता कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार