Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संरचनागत सुधार नगरी निगममा थप जहाज भित्राउनुको औचित्य छैन: पर्यटनमन्त्री पौडेल


    शुक्रबार, असोज १६ २०८३
    400
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् । उनले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने पनि बताए ।

    शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने बताएका हुन् ।

    यदि यस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने हालसम्म बन्द भइसक्ने उनले बताए । ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार