Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • धापाखेलमा पहिरोले साढे २ तले घर ढल्यो


    सोमबार, असोज १२ २०८३
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ। सोमबार बिहान ६:३५ बजे ललितपुर महानगरपालिका-२४ धापाखेल स्थित सोबित कुमार थापाको साढे २ तले घर पहिरोले ढलेको हो।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले उक्त घर ढलेर खोलामा पुगेको छ। पहिरोका कारण खोला समेत थुनिएको छ।

    आइतबार दिउँसो १:४० बजे घरको भुइँतलासँगै जोडिएको ट्रसले बनेको किचन २० मिटर तल खसेको थियो।

    उक्त घरमा थापाका तीन जनाको परिवार बस्दै आएका थिए। पहिरो जान थालेपछि आइतबार नै उनीहरू आफन्तकोमा सरिसकेकाले मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए।

    घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली खटिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार