काठमाडौं । पाल्पाको छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।
पाल्पाको माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको हो।
पहिरोले पुरिएर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए ।
पहिरोले घर पुरिने समयमा चिदीकी श्रीमती भने शौच गर्न गएका कारण सकुशल रहेको उनले बताए ।
अविरल वर्षाका कारण पहिरोले माथागढी गाउँपालिका-३ भैसक्ट्टामा दुई घर पुरिएको छ । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
लिलबहादुर घर्ती मगरको घरमाथि आइतबार बिहान करिब साढे ४ बजे खसेको पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार पहिरोमा परेकाको उद्धारका लागि जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend