काठमाडौँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई सरकारले तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। त्यस्ता कर्मचारीका परिवारलाई ६ महिनासम्म आधा तलबसमेत उपलब्ध गराइने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधवार प्रतिनिधिसभाको बैठकमा बाढीबाट प्रभावित प्राधिकरणका कर्मचारीका परिवारलाई राहत तथा आर्थिक सहायताको व्यवस्था गरिएको जानकारी दिएका हुन्।
बाढीमा प्राधिकरणका ४७ जनासहित जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली-३ ए, रसुवागढीलगायत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बाढीबाट प्रभावित भएका छन्।
बेपत्ता कर्मचारीको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य जारी रहेको मन्त्री श्रेष्ठले बताए। उद्धारका क्रममा केही व्यक्तिलाई सकुशल निकालिए पनि ठूलो संख्यामा कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेको उनले सदनलाई जानकारी गराए।
प्रभावित ग्राहकलाई पनि सहुलियत
सरकारले बाढीबाट प्रभावित विद्युत् ग्राहकका लागि समेत राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएको छ। प्रभावित ग्राहकको न्यूनतम महसुल मिनाहा गर्ने, निस्शुल्क मिटर उपलब्ध गराउने तथा आवश्यक विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताए।
विपद्का कारण विद्युत् सेवा अवरुद्ध भएका दुर्गम तथा प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरी सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा छोटो समयमै विद्युत् सेवा पुनः सञ्चालन गर्न सफल भएको सरकारको दाबी छ।
मानवीय क्षतिसँगै भोटेकोशी बाढीले ऊर्जा पूर्वाधारमा पनि व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्री श्रेष्ठले बताए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend