उपर्युक्त सम्बन्धमा तपाईं सम्पादक रहेको आकर्षक मिडिया प्रा. लि. द्वारा संचालित nepalface.com मा मिति २०८३ असोज ४ गते ‘प्रभु बैंकपछि एनआईसी बैंक कब्जा गर्दै दीर्घ रावल’ भन्ने शीर्षकमा प्रकाशित झुट्ठा सामग्रीउपर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा यस बैंकका बारेमा लेखिएका विभिन्न विवरण, तथ्याङ्क तथा अन्य विषयलाई पूर्णरुपमा गलत मनसाय राखेर कपोकल्पित, झुट्ठा तथा तथ्यहिन समाचार प्रकाशन गरिएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा हाम्रो देहायअनुसार प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई प्रमुख स्थान दिनुभई खण्डन प्रकाशन गर्न हुन अनुरोध गर्दछौं ।
देहाय
१. ‘प्रभु बैंकपछि एनआईसी बैंक कब्जा गर्दै दीर्घ रावल’
प्रतिक्रियाः एन आई सी एशिया बैंक र नियामक निकायका कर्मचारीलाई जोडेर बनाइएको समाचारको हेडलाइन पूर्णरुपमा गलत, भ्रामक र गलत मनसायबाट राखिएको छ । बैंकको आन्तरिक कार्यमा नियामक निकायका कुनै पनि कर्मचारीको हस्तक्षेप नरहेको जानकारी गराउँदै ‘एनआईसी बैंक कब्जा गर्दै’ भन्ने जस्ता नकारात्मक, भ्रामक र गलत मनसायले व्यक्तिगत आरोप लगाउँदै चरित्रहत्या गर्ने खालका शब्दहरु प्रयोग गरी हेडलाईन बनाउँदै बैंक, सम्बन्धित व्यक्ति र नियामक निकाय प्रति मानहानी गरेको, निराधार लान्छना लगाएको र बैंकको साखः मा आँच पुर्याउने काम भएको छ । साथै, पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिता, संयमता, सार्वजनिक संस्था तथा अरु प्रतिको सम्मान, पत्रकारिता आचारसंहिता र मर्म विपरीत समेत रहेको छ ।
२. ‘…एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । । सुजित शाक्यको आगमनपछि बैंकको अवस्था झन झन संकटोन्मुख हुँदै गएको छ । ६ महिनाको अन्तरालमा शाक्यले न कर्जा असुलीमा प्रगति देखाउन सकेका छन न त व्यवसायिक विस्तारमा नै …।’
प्रतिक्रियाः समाचारमा उल्लेख भएका उक्त बुँदाहरु पूर्णतः गलत रहेका छन् । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण प्रकाशन गरिसकेको छ । अघिल्ला वर्षको तुलनामा बैंकको नाफा बढ्दै गएको छ भने बैंकमा निक्षेप राख्नेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१ र ८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा बैंकमा निक्षेप २२ अर्ब रुपैयाँले बृद्धि भएको छ । बैंकको लगानी पोर्टफोलियोलाई विविधिकरण गर्दै पछिल्ल्लो दिनमा कर्पोरेट क्षेत्रमा लगानी विस्तार भइरहेको छ ।
३. ‘…राष्ट्रबैंकका डेपुटी गभर्नर दीर्घ रावलले एनआईसी एशियामा पनि देखिने गरी हस्तक्षेप गरेका छन् । रावलकै निर्देशनमा ‘कामु सीईओको समेत कार्यभार सम्हालेका डीसीओ सन्तोष राठीलाई शाक्यले हटाए …। रावलले सुजित शाक्यलाई एनआईसीमा ल्याएर एकपछि अर्को विवादित निर्णय गराउँदै बैंकलाई एकपछि अर्को संकटमा पारिरहेका छन् ।’
प्रतिक्रियाः नियामक निकायका उच्च पदाधिकारीलाई बैंकको आन्तरिक कामकारवाहीसँग जोडेर लेखिएको यो विवरण पूर्णरुपमा गलत, भ्रामक र कपोकल्पित रहेको छ । समाचारमा प्रयोग भएको विवरण गलत मनासायले व्यक्तिगतरुपमा आरोप लगाउने र बैंकको साखः तथा प्रतिष्ठा माथि नै आँच आउनेगरी प्रस्तुत भएको छ । बैंक नियामक निकायको ऐन, कानुन, नीति, नियम, निर्देशिका बमोजिम संचालन भइरहेको जानकारी गराउँदै कहिकतैबाट हस्तक्षेप नभएको स्पष्ट पार्न चाहन्छौं ।
४. ‘शाक्य मार्फत् डेपुटी गभर्नर दीर्घ रावलले कार्यक्षमता नै नभएका एसीओ राजेश रावललाई डीसीओ बनाउन दबाब दिएका थिए …। दीर्घ रावलकै दबाबमा शाक्यले स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याए…।’
प्रतिक्रियाः समाचारमा उल्लेखित उक्त विवरण पूर्णरुपमा गलत तथ्यहीन र भ्रामक रहेको छ । बैंक नेपाल राष्ट्रबैंकको नीति नियम र बैंकको संचालक समितिको निर्णय अनुसार संचालन भइरहेको जानकारी गराउँदै बैंकको आन्तरिक निर्णयमा कसैको पनि दबाब नरहेको स्पष्ट पार्न चाहन्छौं ।
५. ‘…सिनियर बैंकका कर्मचारीलाई अपायक र दुर्गम सरुवा गरी दुःख दिने काम सीईओ शाक्यले गरेका छन् । …’
प्रतिक्रियाः समाचारमा उल्लेख भएको उक्त विवरण गलत र भ्रामक रहेको छ । बैंकमा कुनै पनि कर्मचारीलाई दुःख दिने काम कुनै पनि हालत नभएको जानकारी गराउन चाहन्छौं । बैंकको आन्तरिक आवश्यकता, मूल्यांकन र विधि अनुसार कर्मचारीलाई बैंकको देशभर फैलिएका कुनै पनि प्रादेशिक कार्यालय, शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सरुवा गर्ने नियमित प्रक्रिया भएको जानकारी गराउँदै बैंकको आन्तरिक वातावरणलाई अझ चुस्त, प्रभावकारी र हरेक कर्मचारीलाई सहज वतावरण बनाउन उच्च व्यवस्थापन लागिरहेको जानकारी गराउन चाहन्छौं ।
६. ‘बैंकको वित्तीय स्वास्थ्यमा समस्या देखिएको छ । बैंकको समग्र व्यवसायिक मोडल, जोखिम व्यवस्थापन क्षमता र भविष्यको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ । सीईओ शाक्य आएपछि पनि एनआईसी एशिया बैंकबाट अन्धाधुन्द ऋण प्रवाह भएको छ । तर त्यसमा डेपुटी गभर्नर रावले आँखा चिम्लिएका छन् ।’
प्रतिक्रियाः यो विवरण पूर्णरुपमा असत्य, भ्रामक र कपोकल्पित रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नाफामा सुधार आएको छ । बैंक कुनै पनि जोखिममा नरहेको र बैंकले कर्जा प्रवाहको लागि प्रचलित कानून, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन एवं बैंकको कर्जा नीतिको अधिनमा रही निश्चित मापदण्ड र आवश्यक कागजात पूरा गर्नुपर्ने र नियामक निकायको नीति नियमभित्र रहेर बैंकबाट कर्जा प्रवाह भइरहेको जानकारी गराउन चाहन्छौं ।
७. ‘आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक… न त व्यवसायिक विस्तार… व्यवसाय खुम्चिनुले उनको क्षमतामाथि प्रश्न उठेको छ… सीईओ शाक्य आएपछि पनि एनआईसी एशिया बैंकबाट अन्धाधुन्द ऋण प्रवाह भएको छ ।… ’
प्रतिक्रियाः समाचार आफैं विरोधाभाषपूर्ण छ । समाचारले कतै आक्रामक व्यापार विस्तार गरेको, ऋण प्रवाह गरेको भन्ने उल्लेख गरेको छ भने कतै व्यवसाय विस्तार हुन सकेन, व्यवसाय खुम्चिदै गएको भन्ने उल्लेख गरेको छ । बैंकले अहिले आक्रामक व्यापार विस्तारमा लागेको छैन र व्यवसाय विस्तार खुम्चिएको पनि छैन । समग्र बजारमा कर्जाको माग बढ्दै जाँदा कर्जा विस्तारमा विस्तारै सुधार आएको छ भने निक्षेप संकलनमा माथि उल्लेख गरे अनुसार सुधार पनि आइरहेको छ ।
माथि उल्लेखित विवरणहरुहरु गलत मनसाय राखेर समाचार प्रस्तुत गरिएकाले यथाशीघ्र उक्त झुट्टा समाचारको खण्डन प्रकाशन गरिदिनुहुन अनुरोध छ ।
जयन्द्रबहादुर रावल, सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
एनआईसी एशिया बैंक लिमिटेड
यो खण्डन २०८३ असोज ५ गतेको मिति राखिए पनि नेपालफेस डटकमको ईमेलमा २०८३ असोज ६ गते बिहान १०.२० मा प्राप्त भएको हो । खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ ।–सम्पादक
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend