Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • ‘पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ’: रवि लामिछाने


    आइतबार, असोज ४ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

    आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।

    बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए ।

    बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा पार्टी र राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार