काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन् ।
उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझावलाई समेटेर तीन जना नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो ।
रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेलले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले थप छलफल गरी साझा प्रतिवेदन तयार गरेको उनले बताए ।
उनका अनुसार पार्टीको विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन तत्काल नबोलाउने सहमति भएको छ । तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय आउन सक्ने र त्यसलाई रोक्न नसकिने उनले बताए । यस्तै, पार्टीको नियमित विधान महाधिवेशनमा विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनको भनाइ छ । ७० वर्षे उमेर हद र दुई कार्यकाल लगायतका विषय नियमित विधान महाधिवेशनमा छलफलको विषय बन्न सक्ने उनले बताए । कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको बस्नेतले जानकारी दिए।
पार्टीको एकता सुदृढ गर्ने तथा वर्तमान सरकारको ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको उनको भनाइ छ ।
उनले भने, ‘एमाले विवादित होस् र पार्टी फुटोस् भन्ने चाहना राख्ने शक्तिहरू सक्रिय रहेको परिवेशमा कार्यदलले बलथली बैठकपछि तीन नेता,रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शङ्कर पोखरेललाई विभिन्न मस्यौदा तथा १३ समूहबाट आएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो । उहाँहरूले आज एकीकृत प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनलाई आधार बनाएर भएको छलफलपछि अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय नरहेको स्पष्ट गरिएको छ । विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन तत्काल नबोलाउने, तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय स्वाभाविक रूपमा उठ्न सक्ने सहमति भएको छ ।७० वर्षे उमेर हद, दुई कार्यकाललगायतका विषय नियमित विधान अधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने बताइएको छ । साथै, पार्टीको एकता सुदृढ गर्दै वर्तमान सरकारका अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी गतिविधिविरुद्ध आन्दोलन अघि बढाउन राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको छ । १३ समूहबाट आएका सुझावलाई अनुसूचीमा समेटेर आज सचिवालय र भोलि केन्द्रीय कमिटी बैठकमा कार्यदलको साझा प्रतिवेदन प्रस्तुत गरिनेछ । कार्यदलले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।’
बस्नेतले कार्यदलको प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा समावेश गरिने बताए । कार्यदलको साझा प्रतिवेदन आइतबारकै सचिवालय बैठकमा र सोमवार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिने उनले जानकारी दिए । उनका अनुसार कार्यदलले तयार गरेको २९ पृष्ठको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बस्नेतले कार्यदलको प्रतिवेदनलाई लिएर बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भएका प्रचारबाट भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातायात भाडा पनि नबढ्ने बताएका छन्। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित...
काठमाडौँ। त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५...
काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रूपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ...
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले...
काठमाडौं। गत भदौ दश गते रसुवामा आएको भिषण बाढीजन्य विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend