Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मकवानपुरबाट १६२ किलो गाँजासहित दुई जना पक्राउ


    मंगलबार, भाद्र २३ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २स्४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।

    भाबरबाट खरंगातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ ।

    कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ ।

    गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार