काठमाडौं । शैक्षिक परामर्श ब्यवसायी संघ(इक्यान) र यसका पदाधिकारीहरुले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि करिब १ करोड ५० लाख आर्थिक सहयोग गरेका छन् ।
बाढी प्रभावितका लागि शैक्षिक परामर्श ब्यवसायी संघले १५ लाख रुपैयाँ सहयोग गरेको छ । इक्यानका अध्यक्षसमेत रहेका लक्ष्मण पौडेलको संस्था ग्रेस इन्टरनेसनलले २५ लाख रुपैयाँ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका छन् । ग्रेसका सहसंस्थापक पौडेलले मन्त्री पोखरेललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी, द नेस्ट एजुकेशनल कन्सलटेन्सीले १० लाख ५१ हजार रुपैयाँ बाढी प्रभावितका लागि प्रदान गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले २० लाख सहयोग दिएको छ । ब्रिज इन्टरनेशनलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिएको छ । सिलिकन एजुकेशन नेटवर्कले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बाढी प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि दिएको छ ।
यी शैक्षिक परामर्शदाता संस्थाबाहेक अरु करिब १ सयभन्दा बढीले कम्तीमा १२ लाखका दरले बाडी प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि प्रदान गरेको इक्यान सम्बद्ध ब्यवसायी बताउँछन् ।
शिक्षामन्त्री पोखरेललाई सहयोग रकम हस्तान्तण गर्दै इक्यानका अध्यक्ष पौडेलले ३० औँ इक्यान डेको अवसरमा विपद् प्रभावित शिक्षा क्षेत्रका लागि मानवीय सहयोग गरेको बताएका छन् ।
उनले लेखेका छन्–‘नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को गौरवपूर्ण ३० औँ स्थापना दिवस इक्यान डे का अवसरमा आयोजना गरिने कार्यक्रम स्थगित गर्दै, उक्त दिवसका तर्फबाट रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित विद्यार्थी, विद्यालय तथा शैक्षिक संरचनाको पुनःस्थापनाका लागि मानवीय सहयोग प्रदान गरिएको छ ।’
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बिभिन्न ठाउँमा स्वास्थ्य सेवा बिभागमार्फत् औषधि तथा चिकित्सकको...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि ब्यवस्था बिभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ । स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार भट्टराईलाई बिभागको महानिर्देशक...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महाशाखा प्रमुखहरुको सरुवा गरेको छ । डा. विवेकलाल कर्णलाई नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ...
झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend