काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महाशाखा प्रमुखहरुको सरुवा गरेको छ ।
डा. विवेकलाल कर्णलाई नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।
डा. कर्णले केही समयअघिमात्रै विशेष अदालतबाट मेमोग्राफी खरिद भ्रष्टाचारमा अतिरिक्त सचिव डा. संगीता मिश्रसँगै सफाइ पाएका थिए ।
अनुगमन महाशाखाका प्रमुख गुणनिधि शर्मालाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक भुवन पौडेललाई मन्त्रालयमा ल्याइएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजको प्रमुखमा डा. रन्जीत झालाई खटाइएको छ । गजेन्द्रनाराणमा कार्यरत डा. वीरेन्द्र मण्डललाई ब्यवस्थापन महाशाखाको प्रमुखमा लगिएको छ । ब्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।
सरुवा भएका स्वास्थ्यका थप केही कर्मचारीहरुको विवरण प्राप्त हुन सकेन ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend