Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा समाचारको खण्डन, डा. खड्का र अग्रवाल नियमअनुसार नियुक्त हुनुभएको हो


    शनिबार, साउन २३ २०८३
    20
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • श्री सम्पादकज्यू

    उपरोक्त सम्बन्धमा २०८३ साउन २० गतेको नेपालफेस डटकममा ‘ब्यापारी अग्रवालको सेटिङमा बीपी स्वास्थ्य प्रतिष्ठानको कार्यसमितिमा खड्का र अग्रवालको नियुक्ति’ शीर्षकमा संप्रेषित समाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उधृत गरिएको ‘प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा स्मृति कार्की नियुक्ति भइसकेपछि रिक्त २ जना कार्यसमिति सदस्य पदमा उनले खड्का र अग्रवाललाई नियुक्ति गरेकी हुन् । स्रोतका अनुसार खड्का र अग्रवाललाई नियुक्ति गराउन विवादित स्वास्थ्य उपकरण ब्यवसायी चेतन अग्रवाल र उमेश अग्रवाल लागेका थिए ।

    उपकुलपति (भीसी) कार्कीसँग सेटिङ गरेर अग्रवाल दाजुभाइले आफूनिकट चिकित्सक डा. धनकेशर खड्का र डा. नवीन अग्रवाललाई नियुक्त गराएको आरोप छ ।’ भन्ने विषय सरासर भ्रामक र कपोलकल्पित रहेको जानकारी गराइन्छ ।

    यस सन्दर्भमा, सत्यतथ्य यो हो कि प्रा. डा. नवीन अग्रवाल र डा. धनकेशर खड्का वहाँहरुको योग्यताका आधारमा र प्रतिष्ठानको नियमानुसार कार्यकारिणी सदस्यमा नियुक्त हुनुभएको हो, न कि कुनै बाह्य व्यक्तिको हस्तक्षेप वा कुनै दवाबमा नियुक्त हुनुभएको हो । यसरी हुँदै नभएको सन्दर्भलाई उपकुलपति जस्तो गरिमामय पदमा कार्यरत स्वच्छ छवि भएकी प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीज्यूको नाम कुनै ब्यापारीसँगको सेटिङमा संलग्न गराई वहाँको मात्र नभएर समुच्च प्रतिष्ठानकै मानमर्दन हुने, प्रतिष्ठामा आँच आउने साथै जनमानसमा भ्रम फैलाउने कार्य भएको हुँदा सोप्रति प्रतिष्ठान खेद प्रकट गर्दछ ।

    सम्पादकज्यूले आफूले पाएको जानकारीका सन्दर्भमा समाचार संप्रेषण गर्दा त्यसको सत्य तथ्य बुझेर संप्रेषण गर्नु वहाँको धर्म हो भन्ने हाम्रो विश्वास रहेको जानकारी गराउन चाहन्छौ । तसर्थ, असल पत्रकारिताको नमूना प्रस्तुत गर्दै नेपालफेस डटकमले नै उक्त खण्डनको समाचार पनि छाप्नुहुनेछ भनी आशा लिएका छौं ।

    डा. अभिजीत कुमार, सहप्रवक्ता

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार