काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा सरकार बनेपछि विचौलिया र विवादितहरुलाई निषेध गरिने बाचापत्रमा उल्लेख छ । जनताले बिचौलिया र विवादितहरु रोकिने र सुशासन कायम हुने अपेक्षा गर्दै झन्डै दुईतिहाई बहमुत दिए । रास्वपाका बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि पनि विचौलियाको चलखेल रोकिने हैन, झन् बढेको छ ।
बिचौलिया ब्यापारीकै सिफारिसमा अस्पतालमा समेत नियुक्ति हुन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त २ कार्यसमिति सदस्यको नियुक्ति । प्रतिष्ठानको रिक्त २ कार्यसमिति सदस्य पदमा विवादित स्वास्थ्य उपकरण ब्यवसायी चेतन अग्रवालको सिफारिसमा डा. धनकेशर खड्का र नवीन अग्रवाल नियुक्त भएका छन् ।
प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्ति भइसकेपछि रिक्त २ जना कार्यसमिति सदस्य पदमा उनले खड्का र अग्रवाललाई नियुक्ति गरेकी हुन् । स्रोतका अनुसार खड्का र अग्रवाललाई नियुक्ति गराउन विवादित स्वास्थ्य उपकरण ब्यवसायी चेतन अग्रवाल र उमेश अग्रवाल लागेका थिए । उपकुलपति(भीसी) कार्कीसँग सेटिङ गरेर अग्रवाल दाजुभाइले आफूनिकट चिकित्सक डा. धनकेशर खड्का र डा. नवीन अग्रवाललाई नियुक्त गराएको आरोप छ ।
लामो समयदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुणस्तरहीन उपकरण सेटिङ गरी महंगो दरमा आपूर्ति गर्दैआएका चेतन अग्रवालले त्यसलाई निरन्तरता दिन प्रतिष्ठानको कार्यसमितिमा आफू अनुकूलका चिकित्सकलाई नियुक्ति गराउन सफल भएको आरोप छ । अग्रवाल प्रतिष्ठानको दन्त चिकित्सा बिभाग प्रमुख हुन् । अग्रवाल चेतनका आफन्तसमेत पर्ने स्रोत बताउँछ । खड्का छाला तथा यौनरोग बिभागका प्रमुख हुन् । उनी खानपीनका सौखिन मानिन्छन् । ब्यापारी अग्रवालले डा. खड्कालाई त पटक–पटक बिदेश घुमाउने गरेको स्रोत बताउँछ ।
अग्रवालसँग महंगोमा उपकरण खरिद गर्ने अधिकांश पूर्वपदाधिकारीहरु भ्रष्टाचार मुद्दा खेप्दै
चेतन अग्रवाल र उमेश अग्रवालसहितका दाजुभाइका कम्पनीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८५ प्रतिशत उपकरण आपूर्ति गर्दैआएका छन् । द मेडिकल सोल्युसन प्रा. लि., गर्ग डेन्टल सप्लायर, प्रेसिसन मेडिकल प्रालि, लाइफ केयर, बायोमेड इन्टरनेशनल प्रालिलगायत दर्जन बढी कम्पनी छन् ।
यी कम्पनीबाट वीपी प्रतिष्ठानमा उपकरण सप्लाई गर्दैआएका छन् चेतन र उमेश । चेतन र उमेशसँग सेटिङमा गुणस्तरहीन उपकरण खरिद गरेका कारण पूर्व प्रतिष्ठानका पूर्वउपकुलपति डा. बलभद्र दास, स्व. राजकुमार रौनियारसहितका पदाधिकारीहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सस्तो दररेटको प्रस्तावलाई बेवास्ता गरी चेतन अग्रवाल दाजुभाइको सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्स र प्रेसिसन मेडिकल प्रालिसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति दाससहित आठजनाविरुद्ध अख्तियारले २०७६ असार ३० गते विशेष अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर थियो ।
चेतन र उमेश अग्रवालका कम्पनीले गुणस्तरहीन र महंगो दररेटमा उपकरण आपूर्ति गरेकोमा गंगालाल हृदयरोग केन्द्रले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । तर सार्वजनिक खरिद अनुगमन कार्यालयमै चलखेल गरी उनले कालोसूचीमा राख्नबाट रोकेको आरोप पनि अग्रवालमाथि लाग्दैआएको छ ।
चेतन अग्रवाललकै फर्मले नक्कली स्प्रीट बिक्री गरेको, अक्सिजन प्लान्टमा अनियमितता गरेको खुले पनि जो उपकुलपति र अस्पताल निर्देशक भए पनि उनीहरुको प्रभावमा परी संरक्षण गर्दै आइरहेका छन् ।
डेन्टलका ९० प्रतिशत मेडिकल उपकरण एउटै आपूर्तिकर्ताबाट खरिद, सबै गुणस्तरहीन
वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल बिभागका प्रायः सबै उपकरण चेतन अग्रवालका कम्पनीले आपूर्ति गर्दैआएका छन् । डा. नवीन अग्रवाल डेन्टर बिभाग प्रमुख हुँदा आपूर्ति गरेका प्रायः सबै उपकरण चलाएको केही दिनमै बिग्रने गुणस्तरहीन भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै उजुरी परेका थिए ।
प्रतिष्ठानको डेल्टल बिभागमा ओपिजीसहित ल्याटरल सेफालोग्राम एक्सरे गर्ने मेसिन धरानकै चेतन अग्रवालको गर्ग डेन्टल सप्लायरले १० वर्षअघि आपूर्ति गरेको थियो । तर ती उपकरण चलाएको केही दिनमै बिग्रिएपछि मर्मत सम्भार गर्दा पनि चलेनन् ।
डेन्टल बिभागका एक चिकित्सक भन्छन्–‘डेन्टलमा जति पनि डेन्टल चियरदेखि मेडिकल उपकरण आपूर्ति हुन्छन् । सबै धरानका चेतन अग्रवालका परिवारले सञ्चालन गरेको कम्पनीबाट हुन्छ ।
ती चिकित्सकका अनुसार अग्रवालको कम्पनीले आपूर्ति गरेका उपकरण डेन्टलमा ९५ प्रतिशत छन्, जुन गुणस्तरहीन छन् ।
‘अग्रवालका दाजुभाइका दर्जन बढी कम्पनी छन्। बीपी प्रतिष्ठानले यो–यो मापदण्डको उपकरण चाहियो भनेर टेन्डर आह्वान गर्छ । तर, खोइ कसरी हो, सधैं चेतनको कम्पनीले मात्र पाउँछ । यदि उसको कम्पनीले नपारे त्यो टेन्डर नै रद्द गरिन्छ, अब आफैं बुझ्नुस् ।’ ती चिकित्सक भन्छन् ।
मेडिकल उपकरण आपूर्तिमा एकाधिकार जस्तै पाएका अग्रवाल परिवारका कम्पनीले आपूर्ति गरेका डेन्टलचियर र एक्सरे मेसिन नबिग्रेको कुनै छैन । डेन्टल चियरको हालत पनि त्यस्तै छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend