Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘चुनाव जित्यो कि पार्टी फुटाउन खोज्ने घनश्याम भुसालको यो कस्तो नियति ?’


    बुधबार, चैत्र १८ २०७७
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सुर्य थापा पछिल्लो समय पार्टी अध्यक्ष ओली सँग असन्तुष्ट रहेका नेपाल पक्षका नेताहरुमाथि कटाक्ष प्रकट गर्दै आएका छन्। 

    सामाजिक सञ्जालमार्फत् नेता थापाले कहिले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल त कहिले उपाध्यक्ष डा. भीम रावलमाथि कटाक्ष प्रकट गर्ने गरेका छन्। 

    यसैबीच, पार्टीकै अर्का नेता घनश्याम भुसाललाई पनि थापाले पार्टी विभाजनमा सक्रिय रहेको आरोप लगाएका छन्।

    उनले सामाजिक सञ्जालमार्फत् भुसाललाई यस्तो आरोप लगाएका हुन्। 

    आज बिहान प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले नेता भुसालमाथि चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्ने भुसालको संयोग कि नियति भनेर प्रश्न समेत गरेका छन्। 

    उनले लेखेकाछन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो –
    १, २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो। 
    २, ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो ।
    चुनाव जित्यो कि फुटमा सक्रिय,
    संयोग कि नियति ?

    Capture.JPG

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार