Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरेन्द्र पाण्डेको स्पष्टीकरण सहितकाे प्रतिप्रश्न, प्रचण्डको मतियार तपाईं हो कि अरू कोही?’


    मंगलबार, चैत्र १७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। स्पष्टीकरणमा आफूलाई लगाइएको आरोप कति मिथ्या छन् भनेर पत्रको जवाफ पठाएको उनले उल्लेख गरेका छन्। 

    उनले भनेका छन्,‘तपाईंले मलाई आरोपको रूपमा विभिन्न प्रश्नहरू तेर्स्याउनु भएको छ। प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरू सोझिएका छन्। तपाईंले मलाई ‘प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप हाँस्यास्पद लाग्यो। किनकि ०७४ असोज १५ गते तपाईं एक्लैले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँट गर्ने गोप्य सहमति गर्नु भयो। ०७५ जेठ ३ गते भएको पार्टी एकताको समयमा आलोपालो अध्यक्षता र प्रधानमन्त्री आधाआधी बाँड्ने  प्रचण्डसँगको सहमति पनि गोप्य रूपमा तपाईंले नै गर्नु भएको थियो। अब तपाईं भन्नुस् प्रचण्डको मतियार तपाईं हो कि अरू कोही?’

    उनी भन्छन् ‘चैत २ गते धुम्बाराहीमा तपाईं सहितका नेताहरूबीच भएको छलफलमा हामीले फागुन २८ गतेको तपाईंको गुट भेलाले गरेको निर्णयलाई बदर गरौं, चैत ३ गतेको चियापानलाई रोकौं र ७ गते गर्ने भनिएको गुट भेला तपाईंले रोकेमा चैत ४ र ५ गतेको बैठक रोक्न सकिने भन्ने हाम्रो प्रस्तावलाई किन लत्याउनु भयो ? तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरे पछि हामीले उक्त भेला गर्न बाध्य भएका थियौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार