काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोेजक रहेको समितिले लगानी बोर्डको सीइओका लागि ३ जनाको नाम सिफारिस गरेको छ । संक्षिप्त सूचीमा छनोट भएका ८ जनामध्येबाट समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।
लगानी बोर्डको सीइओका लागि सिफारिस हुनेहरुमा याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धिताललाई सिफारिस गरेको छ । अर्थमन्त्री वाग्ले संयोजक, योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुुशासन सल्लाहकार सुदीप ढकाल सदस्य रहेको बोर्डको सीईओ छनोट समितिले सिफारिस गरेकामध्ये पौडेल सीइओ हुने संभावना प्रबल देखिएको छ । पौडेल नभएमा याङ्की उक्याव सीइओ हुने संभावना देखिन्छ ।
पौडेल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरीज्वाइँ हुन् ।
पौडेल युवा अर्थशास्त्री हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एशोसिएट समूहतर्फको केन्द्रीय सदस्य थिए । उनी प्राइम बैंकका २ कार्यकाल बोर्ड डाइरेक्टर समेत भइसकेका छन् ।
कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न पौडेल पूर्वाधार विकास, बैंकिङ, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन् ।
लगानी बोर्डको सीईओका लागि सिफारिस भएकी याङ्की उक्याव विकास अर्थशास्त्री हुन् । उनले यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गरेकी थिइन् । उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित छिन् । उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री पनि थिइन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्येबाट ८ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको थियो । ती ८ जनामध्येबाट तीनजना सिफारिस भएका हुन् ।
सिफारिस समितिले गोकर्णेश्वरका सुमनमान सिंह बस्न्यात, कागेश्वरी मनोहराका जितेन्द्र धिताल, नयाँ बानेश्वरका डा. मुकुन्द प्रसाद पौड्याल, सिरहाका डा. सरोज कोइराला, महाराजगञ्जकी याङ्की उक्याब, दैलेखका बखतबहादुर शाही, ललितपुरका मनोज पौडेल र बूढानीलकण्ठका मधुप्रसाद भेटुवालको संक्षिप्त सूची (सर्टलिष्ट) मा निकालेको थियो । यीमध्येबाट याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धिताललाई छनोट गरी साउन ८ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता भएको थियो ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले छोरा सचिन ढकाललाई रास्वपाको सांसद बनाउन समानुपातिक सूचीमा राख्ने ब्यवस्था गरेका थिए । तर उमेर नपुगेको भन्दै उनले पछि नाम फिर्ता लिएका थिए । छोरालाई सांसद बनाउन नसके पनि उनका ज्वाइँ भने लगानीबोर्डको सीईओ हुने संभावना प्रबल बनेको छ ।
छनोट समितिमा रहेका संयोजक अर्थमन्त्री वाग्ले र बिज्ञका रुपमा राखिएका प्रधानमन्त्री वालेन्द्र शाहका सुशासन सल्लाहकार सुदीप ढकालको समेत मनोज पौडेललाई बोर्डमा ल्याउने चाहना रहेकाले उनी ३ जनामा सिफारिसमा अटाएको भन्नेहरु पनि उत्तिकै छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend