Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीको कारबाही नमान्ने नेपाल समूहको निष्कर्ष


    मंगलबार, चैत्र १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कारबाही अस्वीकार्य भएको नेपाल समूहले बताएको छ ।

    अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको हाे ।

    ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने भन्दै ‘यस्ता कार्य एमाले पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यकोमा भर्त्सना समेत गरेका छन् ।

    उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन भन्दै आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने र नयाँ पार्टी पनि नबनाउने स्रोतले बताएकाे हाे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार