Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नयाँ रणनीति तयार गर्न माधव-झलनाथ समूहकाे स्थायी कमिटीकाे बैठक शुरु


    मंगलबार, चैत्र १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नयाँ रणनीति तयार गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहकाे स्थायी कमिटी बैठक शुरु भएको छ । 

    मंगलबार दिउँसो काठमाडौंको कलङ्गीस्थित मेघा पार्टी प्यालेसमा स्थायी कमिटी बैठक शुरु भएको स्रोतले बताएको हाे । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि गरेको कारबाहीपछिको अवस्थाबारे छलफल हुने स्रोतले जानकारी दिएकाे छ ।

    नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसालबीच छलफल जारी छ ।

    नेपाल–खनाल समूह देशव्यापी समानान्तर संरचना बनाउने रणनीति छ । अर्घाखाँची र गोरखामा समानान्तर कमिटी गठन भइसकेको छ ।

     ‘बैठक अहिले जारी छ, बैठकमा नेताहरु नेपाल र रावलमाथिको कारबाहीपछिको परिस्थिति र अव कसरी अगाडि जाने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

    अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई सोमबार ६ महिनासम्मका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार