Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको कारबाही अस्वीकार्य : भीम रावल


    सोमबार, चैत्र १६ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि भएको कारबाही अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।

    रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको भन्दै आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णय अस्वीकार्य भएको प्रतिक्रिया दिएका हुन् ।

    पहिलो चरणमा संविधान र नेकपको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेको उनले बताएका छन् ।

    एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएसँगै उनले भनेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कुमृत्यु हो । 

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार