Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको निर्णय चरम निरंकुश र अत्यन्तै तानाशाही: नेपाल


    सोमबार, चैत्र १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीबाट निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम निरंकुश र अत्यन्तै तानाशाही भएको प्रतिक्रिया दिएका छन् ।

    एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएसँगै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका हुन्।

    अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको भन्दै ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार