काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदले गरेको निर्णय झिकाउन आदेश दिएको छ ।
ललिता निवासको जग्गा हिनामिनामा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउन आदेश दिएको हो ।
पूर्वमन्त्रीहरु विजय गच्छेदार, चन्द्रदेव जोशीसहित १७५ जनाविरुद्ध अख्तियारले २०७५ माघ २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सफाइ दिएको थियो । सामूहिक रुपमा गरिएको नीतिगत निर्णय भएकाले नेपाल र भट्टराईलाई आयोगले सफाइ दिएको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघ २८ मा दर्ता गरेको रिटमा तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने दाबी गरेका थिए । उक्त रिटमा सुुनुवाइ गर्र्दै नेपाल र भट्टराईले गरेका निर्णय झिकाउन आदेश दिएको हो । \
ललिता निवासको जग्गा खरिद गर्नेमा अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी पनि हुन् । तर उनीहरुले ललिता निवासको जग्गा फिर्ता गरेकाले अख्तियारले मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको थियो । रेग्मीले भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँग ललिता निवासको जग्गा वकिलको फीबापत लिएको अभिब्यक्ति दिएका छन् ।
विष्णु पौडेलले ५० लाख आनामा पनि नपाउने बेलामा ५० हजार आनामा जग्गा खरिद गरेको प्रष्टीकरण दिएका छन् । उनीहरुले जगगा फिर्ता गरेकाले मुद्दा दर्ता नगरेको दाबी अख्तियारले गरेको छ । यदि सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने र अख्तियारले छानबिन गरेपछि फिर्ता दिएर उन्मुक्ति पाउने हो भने घुस लिएर फिर्ता गर्नेहरुले पनि उन्मुक्ति पाउँछन् त ? यो सवाल अख्तियारप्रति सधैं तेर्सिरहनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend